Friday, March 23, 2012

मायाको आधारमा...

शब्द र संगीत: दिब्य खालिङ्ग
स्वर: नारायण गोपाल

मायाको आधारमा सम्झौता नै हुन्छ
लिनु पर्ने जे छ, दिनु पर्ने के छ
त्यो बराबर हुन्छ, अनुरोध हुनेछ
मायाको आधारमा....

बाँड तिम्रा खुसीहरू मुटु नै बाँडिन्छ
साट तिम्रा व्यथाहरु, आत्मा नै साटिन्छ
जति तिमि दिन्छौ, त्यति तिम्रो हुन्छ
जमिएका माया भरि, तिम्रो जीत हुन्छ
मायाको आधारमा...

भत्किएका सपनाहरु मायाले जोडिन्छ
चुँडिएका आशाहरु, फेरि नै सजिन्छ
खोल तिमि आज, मुटुका ती बन्धन
तिम्रा सारा बोझहरु मायाले बिसाउँछ
मायाको आधारमा...

No comments:

Post a Comment