Sunday, March 11, 2012

यसै गरि बिताई दिन्छु...

शब्द: कालीप्रसाद रिजाल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

यसै गरि बिताई दिन्छु, दुई दिनको जिन्दगि
हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी

भिड छ भिडमा, आफुलाई बिलाईदिन्छु
बिर्सीदिन्छु आफुलाई, होस म हराईदिन्छु
कि त लुकी यतै कतै, रोई दिन्छु सुस्तरी,
हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी
यसै गरि बिताई दिन्छु....

च्यातिदिन्छु  आफुलाई, बालि दिन्छु साँझमा
फालिदिन्छु आफुलाई, दीनहरुको  माझमा
गाईदिन्छु  गीत आफ्नो, आफु लाई नै पिई
हाँसोमा लुटाई दिन्छु, आफु आँसुमा डुबी
यसै गरि बिताई दिन्छु....

No comments:

Post a Comment