Saturday, March 24, 2012

मेरो बेहोशी आज....

शब्द: ईश्वर बल्लभ; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

मेरो बेहोशी आज, मेरो लागि पर्दा भो
छोपिए पीर सबै, दु:ख सबै पर्दा भो

यो नशा जिन्दगीको, या हो नशा रक्सीको
के हो यो पिरती हो, नयाँ नयाँ प्रियसी हो
जे थिए स्वप्न सबै नै, पग्लिएर पानि भो
के बिहान साँझ सबै, जिन्दगि नै पर्दा भो

मेरो यो मात यहाँ, के हो तिमि भनी देउ
मेरो यो आश यहाँ, के हो तिमि भनी देउ
जे थिए यात्राहरु ती, अल्झिएर बाधा भो
हराए गीत सबै, हार सबै पर्दा भो

No comments:

Post a Comment