Saturday, March 24, 2012

बिपना नभई....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना
म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना
बिपना नभई बाँची दिने

आँशु सितै पग्ली झर्ने, हाँसो भित्रै खेलीरहने २
प्रीत नपाई रोजी हिंड्ने, ती अधुरा मेरा सपना
बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना

भावनामा अल्झीरहने, कल्पनामा बल्झीरहने २
जीवन नपाई खोजि हिंड्ने, ती पुराना मेरा सपना
बिपना नभई बाँची दिने, म भित्रका मेरा सपना
म मरे पनि रही दिने, मेरा प्यारा प्यारा सपना

No comments:

Post a Comment