Thursday, March 22, 2012

बिछोडको पिडा.....


शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल र तारा देबी

केटा - बिछोडको पिडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउंदैछु फर्की रमाइलो गाउँमा

केटि - डाँडा छ साक्षी ती दिन र राति निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा
बिछोडको पिडा....

केटा - तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर २
डाँफे चरी झैँ म बेग मारी झुल्कुंला सामुमा
तिमीलाई भेट्न....

केटि - दु:ख पनि नासिएला भाग्यमा घाम उदाए
संधै भरि खुसि हुँला दर्शन म पाए
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोहि पहाडी पाखामा
बिछोडको पिडा....

No comments:

Post a Comment