Friday, March 23, 2012

झर्यो जिन्दगि...

शब्द: कालीप्रसाद रिजाल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

झर्यो जिन्दगि फुट्यो जिन्दगि
छल्केर आँखामा बग्यो जिन्दगि

काँढामा हाँसेको, मिठो जिन्दगि
सपनीमा नाचेको झुठो जिन्दगि
रहरको दहमा डुब्यो जिन्दगि

पीरले भरेको खाली जिन्दगि
पिरतीले रुवाएको प्यारो जिन्दगि
आज आफ्नै छातीमा दुख्यो जिन्दगि

No comments:

Post a Comment