Friday, March 30, 2012

लुकुं लुकुं लाग्यो मलाई....

शब्द: किरण खरेल; संगीत: गोपाल योन्जन; चलचित्र: "सिन्दूर"
स्वर: नारायण गोपाल र तारा देबी

लुकुं लुकुं लाग्यो मलाई, बादल जस्तो त्यो कालो केशमा
नाचूँ नाचूँ लाग्यो मलाई, पिरतीको रंगीन देशमा

सेतो पाना, चोखो मन, दुबैमा छ तिम्रै गीत
निलो आकाश, निलो खोला, जता ततै तिम्रो प्रीत
झुमुं झुमुं लाग्यो मलाई, सुवास जस्तो हाम्रो मिलानमा
नाचूँ नाचूँ....

फूल भरि, तिम्रो सुवास, मौसम भरि तिम्रो सुवास
तनमा छायो, मनमा छायो, न्यानो न्यानो तिम्रो श्वास
चुमुं चुमुं लाग्यो मलाई, कुसुम जस्तो तिम्रो बदनमा
नाचूँ नाचूँ....

तिम्रो आँखा, तिम्रो अधर, लाग्छ मलाई मेरो नै हो
मेरो आँखा, मात्र किन, सारा जीबन तिम्रै हो
डुबुं डुबुं लाग्यो मलाई, सगर जस्तो तिम्रो नयनमा
नाचूँ नाचूँ....

No comments:

Post a Comment