Thursday, March 22, 2012

यो मौसम यो हरियाली....

शब्द: किरण खरेल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

यो मौसम यो हरियाली, रंगी बिरंगी फूलहरु
निरस निरस लाग्छ मलाई, तिमि बिना हर चिजहरु

चिसो झरना हेरी के गर्नु, जब यो मनमा प्यास छ
यो रमझममा कसरि रमुं, जब की अधुरो आश छ
यो मौसम...

गुन्जनमा म जब सुन्दिन, तिमीले दिएको जवाफ केहि
यो प्रकृतिको सुन्दर शृजना, लाग्छ मलाई अभाव नै
यो मौसम...

रुझीरहेका आँखाहरुले, कसरि देखुन सुन्दरता
जलिरहेको दिलहरुले, कसरि सम्झुन शितलता
यो मौसम...

No comments:

Post a Comment