Monday, March 26, 2012

यो सम्झिने मन छ....

शब्द: दिनेश अधिकारी; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

यो सम्झिने मन छ, म बिर्सुं कसरि
तिमि नै भनी देउ, ए जाने निस्ठुरी

यी औंला तिनै हुन तिमिले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने...

पखाले यी आँखा पनि दृष्य उही छ
जहाँ नै म हिडें पनि धरती उही छ
नसक्छु म आकाश चिथोरेर फेर्न
नसक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने.....
 

1 comment:

  1. Great post, you have pointed out some superb details, I will tell my friends that this is a very informative blog thanks.
    IT Company India

    ReplyDelete