Sunday, March 11, 2012

आज भोलि हरेक साँझ...

शब्द: भीम विराग; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

आज भोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ
आज भोलि हरेक साँझ ……

रहरै रहरमा पिएँ बिबस भएर पिएँ
दु:खमा पिएँ सुखमा पिएँ
पिउंदिन पिउंदिन भन्दै पिएँ
आज भोली जिन्दगानी छोट्टिन थालेछ
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ....

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ
एकान्तमा कहिले काही रुँदै पिएँ
आजभोली हरेक रात रक्सिन थालेछ
जिन्दगि देखि जिन्दगि आत्तिन थालेछ.....

No comments:

Post a Comment