Monday, March 19, 2012

केहि चोटले ज्ञानी.....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानि हुन्छ
मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ

मान्छेले गर्ने कर्महरु, के ले असल खराब हुन्छ
आफ्नो अपजस हातहरुले, जे गर्यो त्यहि खराब हुन्छ
डढेको मन बाँकि राख, सबै एक छिनमा खाक हुन्छ
मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ

न त घृणाले आतिन्छु, न त मायाले मात्तिन्छु
मलाई दोष देउ या देउ उपहार, कालो रंगमा जे पोते हुन्छ
सेतो बत्ति नदेख्नेलाई, मेरो दिन रात समान हुन्छ
मेरो मन भांच या साँच, मलाई अब जे गरे हुन्छ

No comments:

Post a Comment